पार्टी फुटेको चार वर्षपछि एकता गर्न लिङ्देन-थापा सहमत

12

काठमाडौं । फुटेको चार वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ । बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो ।
एकतामा जाने निर्णय भएको राप्रपा नेपालका अध्यक्ष थापाले जानकारी दिएका हुन् । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।