सरकारी टोली एमाले पार्टी कार्यालयमा किन गयो ?

14

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालयमा नेपाल सरकारको टोली पुगेको छ । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको अनुगमन गरेको हो । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।