मोबाइल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा बस्नेत

26

काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत सर्वसहमत चयन भएका छन् । शनिबार कोटेश्वरमा सम्पन्न संघको दोस्रो अधिवेशनले बस्नेतको नेतृत्वमा २५ सदस्यीय कार्यसमित निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा दिपक अधिकारी, प्रकाश कार्की महासचिवमा इ. गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाई चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा संञ्जय कुमार जैसवाल, रामचन्द्र पोखरेल, खेम प्रसाद लोहनी, सुमित्रा दाहाल, राम कुमार खड्की, लक्ष्मण बाबु भट्ट, उद्धव भण्डारी, रबिन्द्र कुमार श्रेष्ठ, चोक बहादुर खत्री,ज्वोल्वा तामाङ् लामा, चित्र बहादुर श्रेष्ठ, विलमान शाक्य, सरोज थापा, रमेश खड्का, विकाश श्रेष्ठ र रोशन तिमिल्सिना रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले एमडीएमएस प्रणालीभित्र व्यापक भ्रष्टाचार गाँसिएको आरोप लगाएका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा शनिबार उद्घाटन गर्दै उनले मन्त्री बनेदेखि नै एमडीएमएसबारे चासो राखेको र अध्ययन गर्दा यो प्रणाली भ्रष्टाचारको जालोमा फसेको देखिएको बताए । उनले उक्त जालो तोड्न सजिलो नभए पनि समय लागे पनि तोडेरै छाड्नुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस प्रणालीले अन्योल सिर्जना गरेको भन्दै यसलाई या त पूर्णरूपमा लागू गर्न वा खारेज गर्न माग गरे । उनले बजारमा बिक्री भइरहेका मोबाइल र एक्सेसोरिजको गुणस्तर परीक्षण आवश्यक रहेको बताउँदै गुणस्तर र मूल्य निर्धारणको जिम्मेवारी कसको हो भन्ने प्रश्न उठाए । साथै, अवैध रूपमा भित्रिने ‘ग्रे’ मोबाइलको कारोबार नियन्त्रण गर्न सरकारको ध्यान आवश्यक रहेको उनले जोड दिए ।
उद्घाटन समारोहमा काठमाडौं जिल्ला अध्यक्ष सुरेश बानियाँले सेकेन्ड–ह्यान्ड मोबाइल कारोबारलाई वैध बनाउँदा राजस्व वृद्धि हुनुका साथै देशको पैसा देशमै रहने बताए । विदेशका केही मुलुकमा पुराना फोनको कारोबार वैध र पुनःप्रयोगलाई प्रोत्साहन गरिएको उदाहरण दिँदै उनले नेपालमा पनि यस्तै नीति आवश्यक रहेको बताए । साथै, स्वदेशमै उत्पादन भएका मोबाइल एक्सेसोरिजलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।