निर्वाचनमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दै निर्वाचन आयोग

17

काठमाडौं । निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्दैछ ।मन्त्रीहरूको उपस्थितिमा निर्वाचनसंग सम्बन्धित कार्यक्रममा बालबालिकाको गैरकानुनी प्रयोग रोक्ने, मतदान केन्द्रहरूलाई अपांगता भएका व्यक्ति र जेष्ठ नागरिक मैत्री बनाउने र निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रवर्धन गर्ने र मतदाता शिक्षा कार्यान्वयन लगायतका विषयमा छलफल गर्न लागिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।