काठमाडौँ । यतिबेला नेकपा एमाले ११ औं महाधिवेशन चलिरेहको छ । सो अन्तर्गत नयाँ नेतृत्व चयनकोलागि उम्मेदवारी चयन हुदैंछ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनका क्रममा ईश्वर पोखरेलको टीममा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरूलाई समेत समेटिएको छ ।
उनको टीममा उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने पोखरेल समूहका एक नेताले बताए ।यस्तै उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ।
सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ। केपीको टिममा नपरेकाहरु पनि यता आउन सक्ने पोखरेल पक्षको अड्कल रहेको छ ।














