काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसले काभ्रे–२ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकालागि उम्मेदवार हुन इच्छुकहरुको नामावली सहित सिफारिस गरेको छ । जसमा क्रमशः शिवप्रसाद हुमागाई, मधु आचार्य, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाई, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त मुकेश, रोशन लामा, हेमकुमार तामाङ, राजन कार्की, नन्दु दुलाल र इन्दिरा बुढाथोकी रहेका छन्।
त्यस्तै समानुपातिक सूचीमा दिल लामा, लिला नेपाल, तस्वीर लामा, जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मन्जु आचार्य घिमिरे, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, इन्द्रबहादुर तामाङ र कृष्णगोपाल भैललाई सिफारिस गरिएको छ।
राष्ट्रिय सभा तर्फ भने इन्द्रमणि अधिकारी, राम थपलिया, सीताराम परियार, गोविन्द पराजुली र रामेश्वर ढकालको नाम कांग्रेसले केन्द्रमा पठाएको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ को बैठकले प्रतिनिधि सभा सदस्य, समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका गरी कुल २४ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।














