एमाले भक्तपुरको अपिल: गौरवमय क्षणमा सहभागी बनौं

50

भक्तपुर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उ‌द्घाटन सत्र भोलि २७ गते शनिवार भक्तपुर सल्लाघारीमा हुँदैछ । एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले यो गौरवमय क्षणमा सहभागी हुन सम्पूर्ण भक्तपुर बासीलाई अपिल गरेका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष देउजाद्दारा जारी अपिलमा भनिएको छ : नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशन हामीहरुकै प्यारो जिल्ला भक्तपुर सल्लाघरीको चौरमा यहीं मंसीर २७ गते शनिवार भव्य समारोहबीच उ‌द्घाटन हुदैछ भन्ने कुरा हामी सबैमा विदितै छ । भक्तपुर जिल्लामा पहिलो पटक हुन लागेको पार्टी जीवनको ऐतिहासिक महाधिवेशन हामी भक्तपुरवासी कै गौरवको विषय हो ।

नेकपा एमालेको महाधिवेशन भएपनि यो राष्ट्र निर्माणको अभिभारा बोकेर अगाडि बढेको पार्टी बिभिन्न पार्टी तथा नागरिक समाजसँग हातेमालो गर्दै देश विकासको लागि अगाडि बढिरहेको छ । त्यसैले एमालेको महाधिवेशनको उ‌द्घान सत्र, भव्य र सभ्य रुपमा सम्पन्न गराउन एमालेका आम कार्यकर्ता, शुभेच्छुकको जिम्मेवारी त हुँदै हो। यसमा अन्य पार्टी, विभिन्न नागरिक सरोकारवाला सम्बद्ध निकायहरु, नागरिक समाज, आम भक्तपुरबासी, सम्पूर्ण दाजु भाई, दिदी वहिनी, बुबा आमा, युवायुवती र नयाँ पुस्ताका जेनजी युवाहरुको समेत सहयोग र हातेमालो सहित सहभागिता महत्वपूर्ण रहने हामीले विश्वास गरेका छौ ।

एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उ‌द्घाटन सत्र २७ गते शनिवार परेको छ। त्यसर्थ कार्यालयहरु, विद्यालयहरु सबै सार्वजनिक निकायमा विदा रहेकाले अत्यावश्यक काम बाहेकका अन्य सवारी साधन त्यसदिन भक्तपुरको मुख्य सडक अरनिको राजमार्ग भएर सञ्चालन हुँदैनन भन्ने हामीले विश्वासका साथ अपेक्षा गरेका छौ ।

देशभरबाट कार्यक्रम स्थलमा आउने लाखौं देशवासीको विशाल जनऱ्यालीका कारण पूर्व तर्फ भक्तपुरको जगातीदेखि पश्चिमतर्फ लोकन्थलीको मनोहरा पुलसम्म केही घण्टा सडक अबरुद्ध हुने सम्भावना रहला । यली कार्यक्रम स्थलमा आइपुगेपछि सडक सहज सुचारु होला नै यद्धपी सुरक्षा निकायसँगको छलफलमा सकेसम्म सडक सञ्चालन गर्न सक्ने गरी यलीको व्यवस्थापन गर्ने तयार गरेपछि चारैतिरबाट ऱ्याली आउने हुँदा सडकमा केही बाधा हुन सक्ने भएकाले यसलाई मध्यनजर गर्दै शनिवार उ‌द्घाटन सत्र सम्पन्न नभएसम्मका लागि अत्यावश्यक बाहेकका निजी प्रयोजनका सवारी साधन सञ्चालनमा बैकल्पिक सडक प्रयोग गरी सहयोग गरिदिनु हुन अपिल गर्दछौं । त्यसका साथै एमालेको ११औं राष्ट्रिय महाधिवेशनको सल्लाघारीमा हुने उ‌द्घाटन सत्रलाई शान्तीपूर्ण र भव्यरुपमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दल, सार्वजनिक निकाय, जनसमुदाय, भक्तपुरवासी, नागरिक समाज र युवा पुस्ताहरुमा कार्यक्रममा सहभागी भइदिनु हुनका लागि समेत सार्वजनिक अपिल गर्दछौं ।

भक्तपुरको सम्पदा, कला, संस्कृति, भेषभुषा, परम्परा झल्कने गरि बनाईएको स्टेज आफैमा भक्तपुरको पहिचान पनि हो । यहि पहिचानलाई सिद्ध गर्दै यस कार्यक्रमले भक्तपुरको पर्यटनको समेत विकासमा ठूलो टेवा पुग्ने अपैक्षा समेत हामीले गरेका छौ। त्यसैले यो कार्यक्रममा आमदेशवासीको साझा कार्यक्रम हो भन्ने मनन गर्दै कार्यक्रमलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न गराउन सबैको सकारात्मक सहयोग र उ‌द्घाटन कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउनका लागि नेकपा एमाले भक्तपुर जिल्ला कमिटी हार्दिक अपिल गर्दछ ।