ईप्सन फुटसल प्रतियोगिता सम्पन्न

45

भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेसन नेपाल (ईप्सन, भक्पुर) को फुटसल टुर्नामेन्ट २०८२ सफलतापुर्वक सम्पन्न भएको छ। मंसिर २१ र २२ गते दुई दिन जगाती आदर्स स्थित हेल्दी फुटसलमा भएको उक्त प्रतियोगितामा सदस्य बिद्यालयहरु मध्ये नौं वटा बिद्यालयका जुनियर र सिनियर समुह गरी १८ वटा समुह बिच खेलहरु सम्पन्न भएको छ । लिग चरणमा खेलाईएका खेलमा ७२ वटा खेलहरु खेलाईएका थिए।

प्रतियोगितामा नतिजा यस प्रकार रहेको थियो।
जुनियर समुह:
ईडेन गार्डेन ईङ्ग्लिस स्कुल : प्रथम
सुर्योदय सेकेण्डरी स्कुल : द्वितिय
सेन्ट जोन्स ईङ्ग्लिस स्कुल : तृतिय
बिमल मेमोरियल बिद्यापिठ : सान्त्वना
फेयर प्ले: युनिटी ईङ्ग्लिस स्कुल
बढी गोल गर्ने: अनिस मगर, ईडेन गार्डेन ईङ्ग्लिस स्कुल
सर्बोत्कृष्ट किपर : अभय धौभडेल, सुर्योदय सेकेण्डरी स्कुल
सर्बोत्कृष्ट खेलाडी: सिरिस लामा, ईडेन गार्डेन ईङ्ग्लिस स्कुल

सिनियर समुह:
ग्लोबल ईङ्ग्लिस स्कुल: प्रथम
ईडेन गार्डेन ईङ्ग्लिस स्कुल: द्वितिय
युनिटी ईङ्ग्लिस स्कुल: तृतिय
सुर्योदय सेकेण्डरी स्कुल : सान्त्वना
फेयर प्ले: हिमाल एकेडेमी
बढी गोलकर्ता: रोहित गजमेर, युनिटी ईङ्ग्लिस स्कुल
सर्बोत्कृष्ट किपर: रोनिक श्रेष्ट ,ईडेन गार्डेन ईङ्ग्लिस स्कुल
सर्बोत्कृष्ट खेलाडी: योमन माक, ग्लोबल एकेडेमी

समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, त्रिभुवन आर्मी क्लबका कप्तान तथा साफ खेलकुदका गोल्ड मेडलिस्ट खेलाडी विकेश कुथुले विजेताहरुलाई पुरस्कृत गर्नु भएको थियो। संस्थाका अध्यक्ष जी.वी. खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विजय कर्माचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन सचिव बिक्रम थापाले गर्नु भएको थियो। के.वी. ङाखुशीको संयोजकत्वमा सम्पन्न फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरिएको थियो।