आजदेखि सर्वोच्च अदालतमा पूर्ण इजलास सञ्चालन

15

काठमाडौं । आजदेखि सर्वोच्च अदालतको सबै इजलास पूर्णरूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेशी तोकेर सुनुवाइ गर्दै आएकोमा सोमबारदेखि थप ६ वटा इजलास सञ्चालनमा आउएको सर्वोच्च अदालत जनकारी दिएको छ । इजलास बस्ने ठाउँ अभावका कारण हाल सीमित मुद्दाको मात्रै पेशी तोकेर सुनुवाइ हुँदै आइरहेको छ। सोमबारदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछ। संवैधानिक इजलास पनि नयाँ भवनमा हुने भएको छ । सर्वोच्च अदालतमा हाल २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण पूर्णरूपमा इजलास सञ्चालन हुन सकेको थिएन। ५० प्रतिशत क्षमतामा मात्रै काम भइरहेको थियो।

जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो।