मंसिर २१, २२ र २३ गते मध्यपुरमा स्वास्थ्य शिविर हुँदै

29

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाद्वारा स्वास्थ प्रबर्द्धन कार्यक्रम अन्तर्गत ए आइ एक्स-रे सहितको छाती रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको छ । नगरपालिकाले “म स्वस्थ, मेरो समुदाय स्वस्थ, घर टोलमा स्वास्थ प्रबर्द्धन कार्यक्रम” ल्याएको हो ।
नगरपालिकाको जनस्वास्थ शाखाले यहि मंसिर २१, २२ र २३ गते यो स्वास्थ शिविर नगरका विभिन्न वडाहरुमा संचालन गर्न लागेको जनाएको छ ।
शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रीकृष्ण प्रजापतिका अनुसार एक्स-रे सहितको छाती रोग सम्बन्धी नि:शुल्क
स्वास्थ्य शिविर यहि मंसिर महिनाको २१ गते आइतबार, वडा न २ को शहरी स्वास्थ्य केन्द्र जातिगालमा हुनेछ । त्यस्तै मंसिर, २२ गते सोमबार, वडा न ५ को शहरी स्वास्थ्य केन्द्र भुलाखेलमा हुने र मंसिर, २३ गते मङ्गलबार, वडा न ९ को बोडे स्वास्थ्य चौकि बोदेमा संचालन हुनेछ । यो निशुल्क स्वास्थ शिविर उल्लेखित दिनहरुमा बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको प्राविधिक सहकार्यमा आयोजना हुने शाखा प्रमुख प्रजापतिले बताउनुभयो ।
यसमा ए आइद्वारा एक्स्रे लिइने तथा छातीरोग सम्बन्धि परिक्षण गरिनेछ भने शिविरमा यो परिक्षणको लागि कुनै शुल्क लाग्ने छैन । तसर्थ यस स्वास्थ शिविरमा आफ्नो स्वास्थ जाँच गराइ स्वस्थ रहन नगरपालिकाले नगरवासीहरुलाइ अनुरोध गरेको छ ।
उहाँले नगरपालिकाले नगरवासीहरुलाइ सर्वसुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्न हरेक महिनाको दुई दिन प्रत्येक वडामा ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, नगदेशबाट होमियोप्याथी सेवा, लोकन्थलीबाट आयुर्वेदिक उपचार सेवा र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालद्वारा स्वास्थ विमाको साथै सहज र सुपथ शुल्कमा गुणस्तरीय स्वास्थ सेवा प्रदान गरिरहेको बताउनुभयो ।