बहाल जनप्रतिनिधिलाई आगामी चुनावमा कांग्रेसले उम्मेदवार नबनाउने

21

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई कांग्रेसले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने भएको हो ।मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रलाई थप प्रष्ट्याउँदै फेरि गरेको परिपत्रमा मातहतका कार्यसमितिहरूलाई राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका छन् । ‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा भनिएको छ, ‘प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’