३३ दलले बुझाए आय-व्यय विवरण, कांग्रेस–एमालेसहित ८९ पार्टीको बाँकी

10

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। बुझाउन बाँकी दलहरूमा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएका दलहरू ( नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू) समेत रहेका छन् ।दलहरू मिलेर नयाँ दल बनेको भएता पनि मिल्नु अगाडिको अवस्थामा रहेका दलले आय-व्यय विवरण बुझाउनुपर्ने हुन्छ । अन्यथा, आयोगले आयव्यय विवरण नबुझाउने दलको रूपमा नाम प्रकाशन गर्नेछ । आय-व्यय विवरण बुझाउने दलहरूमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, त्रिमूल नेपाल रहेका छन्