काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूसँगको छलफललाई आज पनि निरन्तरता दिने भएका छन्। देउवाले निवासमा संस्थापन इतर समूहका नेता शेखर कोइरालासहितका शीर्ष नेताहरूको बैठक राखेका हुन्। आज दिउँसो १ बजे देउवानिवास महाराजगञ्जमा हुने छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डाक्टर शेखर कोइराला र रमेश लेखकको सहभागिता निरन्तर रहने जनाइएको छ।













