अमेरिकाले तेस्रो मुलुकका नागरिकलाई शरण दिने सबै कार्यक्रम रोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकाको नागरिकता तथा अध्यागमन विभागले शरणार्थी कार्यक्रम रोकिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।‘त्यस्ता कार्यक्रमका लागि निर्णय भएका व्यक्तिहरूबारे सुरक्षा जाँच पूरा नभएसम्म शरणार्थी कार्यक्रम रोकेका छौं,’ विभागका निर्देशक जो एड्लोले भने।
उनले अमेरिकी जनताको सुरक्षा पहिलो प्राथमिकता रहेको पनि बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तेस्रो विश्वका सबै देशबाट भित्रने आप्रवासीहरूलाई स्थायी रूपमा रोक लगाउने बताएका छन्।‘म तेस्रो विश्वका सबै देशबाट हुने आप्रवासन स्थायी रूपमा रोक लगाउनेछु। अमेरिकालाई फाइदा नपुग्ने कसैलाई पनि हटाइनेछ,’ उनले भने उनले सयौं सोमाली शरणार्थीहरू मिनेसोटाजस्तो एक समयको महान राज्यलाई कब्जा गर्न खोजेको आरोप लगाए। उनले डेमोक्र्याटहरूको पनि आलोचना गरे।














