आज एमालेको सचिवालय बैठक बस्ने

7

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पार्टीको ११औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ। सचिवालय बैठकमा शनिबार काठमाडौंमा गर्ने भनिएको वृहत प्रदर्शन र सभाका विषयमा पनि छलफल हुने तयारी छ । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्नेछ ।