भक्तपुर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली
बीच भेटवार्ता भएको छ। अध्यक्ष ओली निवास गुण्डुमा ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको स्रोतले जानकार दिएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पार्टी अध्यक्ष ओली र खनालबीच सकारात्मक वार्ता भएको र एमालेका पुराना नेताहरूबीचको छलफलले सम्बन्धमा सुधार विषयमा छलफल भएको छ । नेकपा समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको बुझिएको छ ।














