श्री युवा साकोसको २७ औं साधारण सभा सम्पन्न, तस्विरमा हेरौं

74

भक्तपुर । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीनव खत्रीले नगरभित्र संचालित कुनैपनि सहकारी संस्थामा समस्या नभएको बताउनु भयो । उहाँले सर्वसाधरणको बचत दुरुपयोग नहो्स भनेर नगरपालिका सधै सचेत रहेको बताउनु भयो । समाजलाई सुखी बनाउन सबै जनाले मिलेर लाग्नु पर्ने र आफ्नो सामाजिक दायित्व पुरा गरे मात्र हाम्रो समाज राम्रो हुन्छ, नगरप्रमुख खत्रीले भन्नुभयो ।
संस्थाका अध्यक्ष प्रकाश बास्तोलाले सदस्यहरुलाई ब्याजको लोभ भन्दापनि सहकारीबाट आम मानिसले लिन सकिने सेवा सुविधा बारेमा जानकारी लिन आग्रह गर्नु भएको छ । “हामी युवा साकोसलाई दीर्घकालिन रुपमा जीवित कसरी राख्न सकिन्छ भन्ने उद्देश्य लिएर हिडेका छौं,” अध्यक्ष बास्तोलले भन्नुभयो । सहकारीको मालिक बनेर हिड्नेहरुले गर्दा सहकारी आन्दोलननै बदनाम भएकाले त्यसतर्फ सबैलाई सचेत हुन् समेत आग्रह गर्नु भएको छ ।

संस्थाका सचिव जयराम बास्तोलाका अनुसार ९ करोड ८१ लाख ४९ हजार २०० शेयर पुँजि, १ अर्ब ३५ करोड ९७ लाख १४ हजार ९२ रुपैंँया बचत रहेको छ । ६ हजार ४ सय ८३ जना युवा सकोसमा सदस्य रहेका छन् । प्रशिक्षक तथा संस्थाकी संचालक करुणा राउतका साथै खेलाडीहरु रोचक भारती, पुजा खड्कालाई नगद २५ सय रुपैंया सहित सम्मान गरिएको समेत बास्तोलाले जानकारी दिनुभयो । यो वर्षको उत्कृष्ठ कर्मचारी बन्न सफल भगवती चौलागाईलाई नगद रु. ५ हजार सहित सम्मान गरिएको छ ।

प्रस्तुत प्रतिवेदन उपर वन्दसत्र मा छलफल गरि सर्वसम्मतिले पास भएको कार्यक्रम सयोजक एवं सस्थाका उपाध्यक्ष सबिता खत्रीले जानकारी गराउनु भयो । कार्यक्रममा कोषाध्यक्ष सुजेन्द्र मुनान्कर्मीले वार्षिक आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिती संयोजक गोविन्द ढुङ्गानाले समितिको तर्फबाट प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

थप केही तस्विर हेरौं