भक्तपुरका प्रजापतिको लेक लागेर मृत्यु

83

भक्तपुर । गोरखा जिल्लाको चुमनुव्री–१ सामागाउँस्थित लार्के पासमा लेक लागेर भक्तपुर जिल्ला मध्यपुरथिमि नगरपालिका घर भएका २३ वर्षीय रोहन प्रजापतिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठलेका अनुसार प्रजापति ४ जना साथीसहित मनास्लु पदयात्रामा पुगेका थिए । अन्य ४ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । धर्मशाला कटेर लार्के पास नजिकै पुगेपछि लेक लागेर मृत्यु भएको उनले शव सामागाउँ ल्याएर हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।