रास्वपाले केन्द्रीय कार्यालयको भाडा १० महिनादेखि तिरेन, खाली गर्न घरधनीको अल्टिमेटम

24

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालय रहेको भवनको १० महिनादेखि भाडा नतिरेपछि घरधनीले तीन महिनाभित्र खाली गर्न अल्टिमेटम दिएका छन्। रास्वपालाई वनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन्। लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए। अमेरिकामा रहेका देवकोटाले १० महिनाको भाडावापतको रकम नपाएको र पार्टीलाई सापट दिएको पैसा पनि नदिएको बताए। देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो। रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो। पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे।