काठमाडौं : युलेन्स एजुकेशन फाउण्डेसनले यो स्कुल डा. आरजु राणा देउवाको नरहेको जनाएको छ। युलेन्स एजुकेशन फाउण्डेशनले आज सार्वजनिक वक्तव्य जारी गर्दै उनलाई अध्यक्ष मात्रै राखिएको जनाएको हो। युलेन्सलाई पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणाको नाफा कमाउने व्यवसायका रुपमा भनेर दुष्प्रचार मात्रै गरिएको स्कुलले भनेको छ। वक्तव्यमा भनिएको छ,‘डा. आरजु राणा देउवा सामाजिक संस्थाहरू सञ्चालन गर्नुहुन्थ्यो, खास गरी महिला विकास र सशक्तीकरणमा केन्द्रित,उहाँ राजनीतिमा प्रवेश गर्नुभएको थिएन, सामाजिक ख्याति चुलिएको अवस्थामा हुनुहुन्थ्यो, देश सशस्त्र द्वन्द्वमा थियो, शिक्षालयहरूसमेत बन्दुकको दोछायामा परेका थिए, जुन स्तरको विद्यालयको परिकल्पना युलेन्स फाउण्डेशनले गरेको थियो, त्यसलाई छहारी दिन सार्वजनिक परिचय भएको व्यक्तित्व चाहिएको थियो, ठीक त्यही समयमा हो, युलेन्स फाउण्डेशनले डा। आरजु राणा देउवासँग विद्यालय सञ्चालनमा मदत मागेको।’फाउण्डेशनको प्रस्तावमा डा. देउवा विद्यालय व्यवस्थापनको नेतृत्व गर्न तयार भएको वक्तव्यमा उल्लेख छ। ‘युलेन्स एजुकेशन फाउन्डेशनले युलेन्स स्कुल सुरू गरेपछि साबिक शिक्षा ऐन-नियमावलीको अधीनस्थ रहेर विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्यो, फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐन मुताबिक डा। देउवालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्तिका लागि सिफारिस गर्यो, साबिकको जिल्ला शिक्षा कार्यालयले उहाँलाई यस युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्यो । त्यो क्रम आजसम्म निरन्तर छ,’वक्तव्य मा उल्लेख छ।














