काठमाडौं । दोलखा विगु गाउँपालिका-६ आलम्पुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। वडा नम्बर ६ को कच्ची सडक खण्डमा आलम्पुबाट ढुंगाखानी तर्फ जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा विगु गाउँपालिका-६ का ५५ वर्षीय मकर थामीको घटनास्थलमा नै मृत्यु भएको र ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल बहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका हुन्।














