काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ। सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आजको बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार चयन गर्न देउवाले बैठक आह्वान गरेको जनाइएको छ।














