हेटौँडा : मकवानपुरको फरक–फरक स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका –१० टौखेलमा भएको सवारी दुर्घटनामा घाइते भई उपचारको क्रममा टौखेल बस्ने ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको हो। गत साउन १३ गते राति गणेशमान सिंह सडक खण्डमा बिसंखेबाट टौखेलतर्फ आउँदैगरेको बाप्र ६६ प २३५२ नम्बरको मोटरसाइकल तिव्र गतिको कारण अनियन्त्रित भई तरकारी लोड गर्न रोकी राखिएको ना ७ ख ४२७६ नं. को ट्रकमा ठक्कर खाएर दुर्घटना भएको थियो। गोपालीलाई उपचारका लागि बि एण्ड बि अस्पताल ग्वार्कु काठमाडौँ लगिएको थियो। साउन २७ गते उपचारका लागि बिग केयर अस्पताल बनेपा काभ्रेमा लगिएको थियो। उपचारको क्रममा शनिवार साँझ गोपालीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।














