ललितपुर । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले होमस्टेले स्थानिय उत्पादन र कला संस्कृतिको प्रर्वद्धन गर्नु पर्ने बताउनु भएको छ । ललितपुरको कोटडाडाँमा आयोजित ओभरअल डेभलोपमेन्ट प्रा.लिको सातो वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले भन्नुभयो ”यसको माध्यमबाट पर्यटनको विकाश गर्नुपर्छ ”बागमती प्रदेशमा रोकिएको होमस्टेको कार्यविधि बनाउने कार्य तुरुन्तै बनाउने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसकोलागि समन्वय गर्न होमस्टे महासंघका प्रतिनिधीहरुलाई आग्रह गर्नु भएकोछ । होमस्टेले होटलको जस्तो खाना खुवाउने होईन हाम्रो रैथाने खाना खुवाउनु पर्छ, पर्यटन मन्त्री श्रेष्ठले भन्नुभयो ।
बागमती प्रदेशको पर्यटन क्षेत्रको विकाशकोलागि आफु सधै तयार रहेको बताउदैंं मन्त्री श्रेष्ठले सबै जनाले आवश्यक साथ र सरसल्लाह दिन समेत आग्रह गर्नुभएको छ । केही कानुनी अड्चनले गर्दा होटल व्यवसायीहरु बागमती प्रदेश सरकार मातहतमा दर्ता हुन नआउदाँ धेरै समस्या भएकाले प्रदेश सरकारले नयाँ कानुन बनाएर त्यसमा सहजीकरण गर्ने उहाँको भनाई छ । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका निवर्तमान नगरप्रमुख सोम प्रसाद मिश्रले होमस्टे कार्यविधी बनाउनेमा आफ्नो कार्यकालमा चाँगु दोस्रो नगर भएको बताउनु भयो । मिश्रले पर्यटन मन्त्री श्रेष्ठ युवा जोश जाँगर बोकेको भक्तपुरको राजनितिज्ञ भएकाले सबैसंग समन्वय गरेर कार्य गरेको भन्दै प्रंशसा व्यक्त गर्नुभयो । विगतमा आफु निर्वाचित भएपछि चाँगुनारायण नगरपालिकाको पर्यटन पूर्वाधार विकाशकोलागि धेरै कार्य गरेको दाबी मिश्रले गर्नु भएको छ ।
ओभरअल डेभलोपमेन्ट प्रा.लिका अध्यक्ष राजकुमार लामिछाने, प्रबन्धकनिर्देशक सुरज बास्तोला, निर्देशक चुडामणी पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकाश र अन्य नेतृत्व विकाशको सिप सिर्जना गर्न संस्थाको स्थापना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको तस्विर हेरौं


























