हेटौंडा । दुई पाङ्ग्रे सवारीमा चालकले हेल्मेट नलगाएको पाइएमा इन्धन नदिन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् ।
बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्ने मातहतका निकायको राय, सुझावपछि बानियाँले ‘नो हेल्मेट, नो फ्युल’को नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । दुई पाङ्ग्रे सवारीका चालकले हेल्मेट अनिवार्य रुपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाईका साथ पालना गर्नेरगराउने र हेल्मेट नलगाई इन्धन लिन आएमा त्यस्तो सवारीलाई इन्धन नदिने अर्थात् इन्धनका लागि हेल्मेट अनिवार्य अभियान कार्यान्वयन गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशमा पत्राचार गर्ने, इन्धनका लागि हेल्मेट अनिवार्य अभियानको निगरानी गर्नरगराउन जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूमा पत्राचार गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।













