गाउँपालिकाका पूर्वअध्यक्षको निधन

14

सप्तरी । जिल्लाको महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष दिपककुमार यादवको निधन भएको छ । वडा नम्बर ३, बथनाहा निवासी ६८ वर्षीय उनी कलेजोको क्यान्सरबाट पीडित थिए । एक वर्षदेखि आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका पूर्वअध्यक्ष यादवको बुधबार दिउँसो निधन भएको उनका छोरा अभिनव यादवले जानकारी दिए ।जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सल्लाहकारसमेत रहेका उनको बिहीबार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् । उनका श्रीमती, छोरा र छोरी छन् ।