आजको विदेशी मुद्राको सटहीदर यस्तो छ

19

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ । यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्वीस फ्रंयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।