साउन ६ गते, पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बोलेका केही वाक्यहरूले पार्टीको आन्तरिक संरचना र नेतृत्वको वैचारिक प्रश्नहरूमाथि गहिरो बहसको ढोका ढक्ढक्याएको छ । शर्माको ‘कमरेड मनमोहन अधिकारी बाहेक सबै प्रधानमन्त्रीहरू असुली धन्दामा लागेका छन्’ भन्ने अभिव्यक्तिले पूर्व प्रधानमन्त्री तथा आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्ट संकेत गर्यो । तर संगसंगै जनार्दन शर्मा स्वयंले दाहाल प्रधानमन्त्री हुँदा मात्रै होइन पार्टी सरकारमा मात्रै जाँदापनि पटकपटक गरी अर्थ, गृह, ऊर्जा, शान्ति जस्ता महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्दै आएका छन् ।














