Friday, October 2, 2026
Home राजनीति बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै बिनु यादवको आमरण अनशन

बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै बिनु यादवको आमरण अनशन

11

काठमाडौं।सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको विरोधमा बिनु यादवले माइतीघरमा आमरण अनसन सुरु गरेकी छिन्।
बिनु यादवले आफ्नै प्रेमि र काकाससुराबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै पटक-पटक अनसन बस्‍दै आएकी छिन्। बहुविवाहको कानुन खारेज गर्नुपर्ने उनको माग छ। सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।