काठमाडौँ : २०८१ असोजमा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। भकुण्डेबेँसीदेखि नेपालथोकसम्म बाढीले क्षति पुर्याएको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो। अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । यसैबीच सरकारले बाढीबाट बीपी राजमार्गको मर्मतका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले यो निर्णय गरेको हो ।













