भक्तपुर फिस टनेल एक्स्पो: तपाईं जानू भयो त ?

36

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पो’मा अहिलेसम्म करिब ५० हजार भन्दा बढी दर्शकहरू अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । विद्यार्थी लिएर आउने विद्यालयहरुलाई विशेष छुट दिने गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो यहीँ साउन १० गतेसम्म हुनेछ । स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन हामीले यस्तो कार्यक्रम गरेका हौ, आयोजक संस्थाका अध्यक्ष महतले भने । 
एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अवलोकन टनेल रहेको अध्यक्ष महतले जानकारी दिए । फिस टिनेल एक्सपोमा स्कुलले विद्यालयहरुलाई शैक्षिक अवलोकनमा ल्याएमा विशेष छुट दिइने व्यवस्था पनि आयोजकले गरेको छ । 
यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको हो । एक्स्पोको हाताभित्र अन्य मनोरञ्जनात्मक खेलहरुका साथै फुड स्टल समेत रहेका छन् ।