तुइन चुँडेर एक जना महाकालीमा बेपत्ता

15

काठमाडौं । दार्चुलाको दुम्लिङमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-२ दुम्लिङस्थित महाकाली नदीमा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज मध्याह्न १२ बजेतिर बुढाथोकी दुम्लिङबाट पारि भारतीय बजार जाने क्रममा तुइन चुँडेर नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । दुम्लिङभन्दा तल्लो क्षेत्रका सबै प्रहरी युनिटलाई खोजी कार्यका लागि परिचालिन गरिएको प्रहरीले जनाएको छ ।