तिब्बतमा भारी वर्षा, सिन्धुपाल्चोेकका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

29

काठमाडौं । भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अपनाउन आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुने सक्ने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट आएको भन्दै सिन्धुपाल्चोक प्रशासनले यस्तो आग्रह गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘‍‘चीनको तिब्ब क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग ९वन्देउदेखि लिपिङ० मा सवारी साधन चलाउँदा सतर्कता अपनाउन यो सूचना प्रकाशित गरिएको छ ।’ असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ ।