आज एसईईको परिक्षाफल प्रकाशित हुन सक्ने

21

भक्तपुर । गएको चैतमा संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नतिजाको काम अन्तिम चरणमा पुगेको र त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।नतिजाको अन्तिम चरणमा रहेको तर प्रकाशित गर्ने निर्णयका लागि बोर्डको बैठकबाट निर्णय गर्ने भएकाले बोर्डको बैठक आज तयारी रहेको छ ।