काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन्। जुम्ला,चन्दननाथ नगरपालिका-७ मिचाबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ईश्वरी बमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। कैलाली,टिकापुर नगरपालिका-१ स्थित शेरचन होटलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ५० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २४ वर्षीयसुरेश रावल, २० वर्षीय प्रमोद धामी, २३ वर्षीय तुषार कटुवाल र जानकी गाउँपालिका-९ बस्ने २५ वर्षीय अनिष रावल रहेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर ११० तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ सिबिर बस्ने २५ वर्षीय हरिराम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेकोछ। प्रहरी चौकी कालाकुण्डार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट लागुऔषध पोलेन करिब ५ किलो ४ सय ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरविर तामाङ,काठमाडौं नैकाप बस्ने धादिङ घर भएका २० वर्षीय सुमन तामाङ र काठमाडौं चन्द्रागिरी बस्ने २६ वर्षीय कमल तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै कमलले प्रयोग गरेको मोटरसाइकल १ थान प्रहरीले बरामद गरेको छ।मकवानपुर,हेटौंडा उपमहानगरपालिका-४ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय अनुप कुमार रुम्बा र सोही उपमहानगरपालिका-८ बस्ने ३३ वर्षीय मणी लामा रहेका छन्। उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।रूपन्देही, बुटवल उपमहानगरपालिका-२ फुलावरीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित बुटवल उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय किशोर थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।














