काठमाडौँ : जुम्लाको चन्दननाथ नगरपालिका-७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ- ९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ-९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए। घाइतेहरूको उपचार प्रतिष्ठानमा भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।














