भक्तपुर । भक्तपुरमा भोली शुक्रबारबाट फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसंगै यो जेठ ३० गतेबाट सुरु भएर एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन हुनेछ ।
‘फिस टनेल एक्स्पो २०८२’मा सुनामी राइड नेपालमा पहिलो पटक परीक्षण गरिएको हो । सामुन्द्रिक सुनामी कै अनुभूति हुनेगरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ । एक्स्पोमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिनेछ । उक्त स्थानको मुख्य आर्कषणका रुपमा रहेको फिस टनेलमा समुद्रमा पाइने १६० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष महतले जानकारी दिए । एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ । 














