काठमाडौं । टिपरको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ। बारामा आइतबार दिउँसो सवा ३ बजे कलैया उपमहागरपालिका-१ बालमन्दिरस्थित वीरगञ्जबाट कलैया जाँदै गरेको टिपरले बालिकालाई ठक्कर दिएको हो। ना.१ क ८०५६ नं।को टिपरले बाटो काट्दै गरेकी भारत मोतिहारी घर भई कलैया मोतिबाघ बस्ने हरेराम साहकी ६ वर्षीया छोरी सिवानी गुप्तालाई ठक्कर दिएको हो। टिपर चालक कलैया-१८ बस्ने ३७ वर्षीय सत्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको छ। ठक्कपछि गम्भीर घाइते भएकी गुप्तालाई आशीर्वाद अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि एलएस न्युरो अस्पताल परवानीपुरमा लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।












