हेल्लो प्रचण्ड जी ! प्रधानमन्त्री ओलीको फोन

16

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज फोन गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई टेलिफोन गरी प्रधानमन्त्री ओलीले संसद्‍को अवरोध खुलाइदिन आग्रह गरेका हुन, स्रोतले भन्यो । माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो ।

बिहीबार १५ जेठ बजेट ल्याउने दिन भएकाले प्रधानमन्त्री ओलीले प्रचण्डलाई संसद् अवरोध हटाइदिन भनेका थिए । तर प्रचण्डले बजेट ल्याउन दिने विषयमा सकारात्मक जवाफ दिएको स्रोतले बतायो । मंगलबार माओवादीसहितका दलको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । आज पनि संसद् चल्न नदिने अडानका कारण बैठक निर्धारित समयमा बस्न सकेको छैन ।