काठमाडौं । जेठ १५ गतेको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले खोजेको आरोप लगाएका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ उनले भने । संविधानले दिएको स्वतन्त्रता सरकारले कुण्ठित गर्न खोजेको उनको आरोप छ ।














