काठमाडौं । नेकपा एमालेको जनसंगठनमा युवा संघको नयाँ ब्रेक लिएको छ । १० औं अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि
वर्तमान अध्यक्ष क्षितिज थेवे महासचिव सुमन पुरीले अडान नछाड्दा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व अन्तत निर्वाचनबाटै चयन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत र इन्चार्ज राजीव पहारीसहितले हस्तक्षेप गर्दा पनि युवा संघको नेतृत्व निर्वाचनबाटै गर्नु पर्ने भएको हो ।
ढकालसहितका नेताहरू पोखरामै खटिएर सोमबार रातिसम्म पनि सुमनसहितका आकांक्षीलाई गलाउने अभियानमा थिए । उनीहरू ओलीको निर्देशन भन्दै सुमन पुरी नेतृत्वको प्यानललाई गलाउन होटल होटलमा छिरिरहेका थिए । यससँगै गत फागुनदेखि हालसम्म महाधिवेशन भएका एघारौँ जनसंगठनपछि युवासंघको नेतृत्वमा निर्वाचन प्रक्रियाबाट छान्न एमाले नेताहरू बाध्य भएका हुन् । १० औं अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि मतदान हुदैं छ ।














