Saturday, October 24, 2026
Home समाचार भक्तपुर दुवाकोटमा रहेको ऋतम्भरा पाठशालाले कक्षा ११ सञ्चालन गर्ने

भक्तपुर दुवाकोटमा रहेको ऋतम्भरा पाठशालाले कक्षा ११ सञ्चालन गर्ने

65

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा अबस्थित ऋतम्भरा पाठशाला /कलेजले शैक्षिक सत्र २०८२का लागि कक्षा ११ सञ्चालन गर्न अनुमति पाएको छ। चाँगुनारायण नगर कार्यपालिकाको मिति २०८१ चैत्र १० को निर्णय अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४को परिच्छेद -३ को दफा ११ को उप दफा २(ज) ले दिएको अधिकारमा रही चाँगुनारायण नगरपालिका शिक्षा ऐन २०७४को परिच्छेद २ को दफा ३ को उपदफा ५ तथा चाँगुनारायण नगरपालिका शिक्षा नियमावली २०७४ को नियम २० बमोजिम पूर्वाधार तथा सर्त पालना गरेको देखिएकोले शैक्षिक सत्र २०८२देखि कक्षा ११ सञ्चालन गर्न अनुमति प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले अनुमति प्रदान गरेको बोदार्थ जानकारी शिक्षा बिकास तथा समन्वय इकाई भक्तपुरलाई गराईएको छ। नगरपालिकाले कक्षा ११ सञ्चालन गर्न अनुमति प्रदान गरेसँगै पाठशालाले यसै शैक्षिक सत्र देखिनै कक्षा ११ सञ्चालन गर्न pre-registration थालिसकेको जानकारी दिएको छ। पाठशालाले कक्षा ११ सञ्चालनका लागि सबै तयारि पुराभैसकेकाे जनाएकाे छ । चाँगुनारायण नगरपालिकामा सञ्चालित बिद्यालय मध्य छोटो समयमै शैक्षिक प्रगति गर्ने ऋतम्भरा पाठशालाले ब्यबस्थापन,मानबिकी र शिक्षा संकायमा कक्षा सञ्चालन गर्ने भएको छ।

शिक्षामा अस्वस्थ्य प्रतिस्पर्धा गर्दै काठमाण्डौका कलेजहरूले अभिभाबक र बिद्यार्थीलाई प्रलोभनमा पारेर लैजाने र गाडिभाडा चर्को असुल्ने तथा कक्षा १२ मा भने जस्तो छुट नदिएर बिद्यार्थीलाई अलपत्र पारेर बिद्यार्थीको भबिष्य अन्धकार पार्ने देखि साबधान रही अाफ्नै नगरपालिका भित्र सञ्चालित ११ कक्षमा भर्ना भएर गुणस्तरीय शिक्षा प्राप्त गर्ने अबसर नगुमाउन बिद्यालयले अभिभाबक र बिद्यार्थीमा अनुराेध गरेको छ। नगरप्रमुखको नगरपालिका भन्दा बाहिर गएर नगरपालिका भित्रका बिद्यार्थीहरूले अध्ययन गर्न नपरोस् भन्ने ईच्छालाई पूरा गर्न, कक्षा ११ सञ्चालनका लागि निबेदन दिएको र अनुमति प्राप्त गरेकाले नगरपालिका भित्रका बिद्यार्थीलाई पाठशालाले गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ।

पाठशालाले मध्यम बर्गलाई प्राथमिकतामा राखेर सहुलियत शुल्कमा भर्ना लिन लागेको छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा हाँसिल गर्न सकिन्छ भनेर उदाहरण दिन लागिएको पाठशालाले जनाएको छ। कक्षा ११ सञ्चालनका लागि दक्ष शिक्षक,शिक्षिकाहरूको ब्यबस्था गरिएको पाठशालाले जनाएको छ। पाठशाला सम्म अाउन जान कलेज यातायातकाे पनि ब्यबस्था गरेको छ।

रामेछाप,दोलखा,काभ्रे,सिन्धुलि,सिन्धुपाल्चोक तथा नुवाकोट र धादिङ्गका अभिभाबक र बिद्यार्थीहरूलाई प्राथमिकतामा राखेर छात्रबृत्ति प्रदान गर्ने भएको छ। पाठशालाले २०० जना विद्यार्थी भर्ना गर्ने क्षमता भएपनि पहिलो बर्ष १०० देखि १५० जना विद्यार्थी मात्र भर्ना गर्ने जानकारी दिएको छ। पहिला भर्ना हुन अाउने ५० जनालाई विशेष छुटको ब्यबस्था समेत गरेको छ। केही बर्षमानै ऋतम्भरा पाठशाला/ कलेजले स्नातक तहको कक्षा पनि सञ्चालन गरिने जानकारी गराएको छ। कक्षा ११ को pre- registration फारम खुल्ला गरिएकाले पाठशाला भ्रमण गर्न र घरैमा बसेर पनि फारम भर्न सकिने ब्यबस्था गरेको छ।