भक्तपुर । मध्यपुर थिमि नगरपालिका सूचनाको हक कार्यान्वयन र सूचना प्रवाहमा उत्कृष्ट भएको छ । राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमवार सूचनाको हक कार्यान्वयनमा उत्कृष्ट कार्य गरेवापत मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारको राशी नगद ३० हजार रहेको छ ।
सिलवाललाई आयोगले राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गर्नुभएको हो । सो अवसरमा सूचनाको हकको कार्यान्वयनमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई नगदसहित सम्मान गरिएको थियो । 














