काठमाडौ । नेपालका विभिन्न स्थानमा महोत्सव आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।
रोल्पा जिल्लाको नुवागाउँ त्रिवेणी गाउँपालिका- ३ कि ५३ वर्षीय धनकली बुढा मगरलाई नगद रु. एक लाख सहयोग गरेको संस्थाको अध्यक्ष सन्दिप महतले जानकारी दिनुभएको छ ।
“सुरुमा पाठेघरको मुखमा देखेको क्यान्सर अहिले चाहिँ जिउमा पनि फैलेको हुनाले बुढा मगर ३ बर्ष देखि क्यान्सरको उपचार गराइ रहनु भएको छ,” अध्यक्ष महतले भन्नू भयो । संस्थाले महोत्सवबाट संकलन भएको केही प्रतिशत रकम सधै सामाजिक कार्यमा प्रदान गर्दै आईरहेको अध्यक्ष बताउनुभयो ।














