प्रकृतिमय क्षण बिताउन नगरकोट उत्कृष्ट: राष्ट्रपति पौडेल

40
तस्विरः नगरकोट भ्रमण वर्ष सचिवालय

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेहरूका लागि नगरकोट नजिकको रोजाइस्थल भएको बताउनु भयो । नगरकोटको बतासे डाँडामा आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ गर्दै उहाँलेयो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरव र शान भएको उल्लेख गर्नुभयो । उहाँले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु पर्ने बताउनु भएकोछ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा, पर्यटकीय स्थललगायतको महत्व अधिक रहेको चर्चा गर्दै नगरकोट भ्रमण वर्षले नगरकोटसंग जोडिएरका चार पालिकसंगै धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी, चन्द्रागिरीसम्म पनि पर्यटनको विकास हुने बताउनुभयो ।उहाँले महाभूकम्प र कोेरोना महामारीपछि थला परेको पर्यटन क्षेत्रको विकास अगाडि बढेको चर्चा गर्दै तीन तहलाई चलायमान बनाउदै आर्थिक बृद्धिदर निजी क्षेत्रमा लगानी मैत्री वनाउन तीन तहकै सरकार अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्व सञ्चारमन्त्री गोकूल बास्कोटाले सरकारले देश निर्माण गर्न लागिरहेको बताउदै नगरकोट हिमाल, सूर्योदय, सूर्यास्त हेर्न मत्रै नभई स्काई पर्यटन र काभ्रेमा जल पर्यटन सुरु गर्न लागेको बताउनुभयो ।
उहाँले कथित राजाको नाममा भएका आन्दोलनमा पत्रकारको ज्यान गएको बताउदै फेरी राजतन्त्र ब्युझाउने सपना नदेख्न र च्याप्टर क्लोज भइसकेको तानाशाह व्युझाउने सपना नदेख्न आग्रह गर्नुभयो । कार्यक्रममा वागमति प्रदेशका संकृति, पर्यटन मन्त्री विमल ठकुरीले नगरकोटमा पयटक भित्रयाउन यो कार्यक्रम कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले नगरकाटको मात्रै नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने बताउनुभयो । उहाँले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । नगरकोट भ्रमण वर्षको विशेष कार्यक्रम १,२ र ३ गते हुनेछ भने वर्षभरि नै अन्य गतिविधी गरेका भ्रमण वर्ष मनाउने तयारी रहको छ ।