भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१र८२’ सुरु भएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो । महोत्सवमा आज नयाँ वर्षको दिन कुलेन्द्र बिश्वकर्मा,विश्व केसी, गणेश नेपालीलगायतका कलाकारहरुले सांगीति प्रस्तुति दिने छन् । यहाँ राखिएका सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको छुट दिइएको छ । टिकट शुल्क रु. ८० र ५० रहेको छ ।