भक्तपुर । तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको आज भक्तपुरमा भेला सम्पन्न भएको छ । बिगतमा तरुण दलको नेतृत्व तहमा पुगिसकेका नेताहरु तथा केन्द्रिय पदाधिकारी र जिल्ला सदस्यहरुको भेला आज भक्तपुरमा सम्मपन्न भएको हो ।
वर्तमान राजनीतिक गतिबिधिहरु र यसले श्रृजना गरेको राजनीतिक वातावरणका बिषयमा केन्द्रित रहेर उक्त कार्यक्रममा छलफल गरिएको तरुण दलका पूर्व अध्यक्ष बिनोद प्रसाद कायष्थले बताए ।
नेपाली काँग्रेसलाई मजबुद बनाउन लागेको बिगतका पदाधिकारीहरु हाल केहि जिम्मवार पदमा रहेर राजनीतिमा शक्रिय रहिरेहेका र हाल क्रियाशिल रहेका साथिहरुमा अवको राजनीतिक वातावरण कस्तो हुनु पर्छ भन्ने बिषयमा ब्यवापक छलफल गरिएको कायष्थले बताए ।
संबिधानसभा बाट प्राप्त उपलब्धि बिरुद्ध सडकमा बिगत केहि समयम देखि प्रदर्शन भईरहेकाले सो उपलब्धिको रक्षार्थ पनि सरकार र पाटीलाई सकारात्मक दबाब श्रृजना गर्न यो भेला उपलब्धिक मूलक हुने उनले बताए ।
भेलाम छलफल भएका बिषयहरुलाई संग्रह गरि पार्टी केन्द्रिय कार्यालमा पदाधिकारीहरुलाई बुझाउने र यसले पार्टीका आगामी दिन कार्यदिशा निमार्ण गर्न थप सहयोग पुग्ने कायष्ठले बताए ।
भेलामा देशका बिभिन्न जिल्लाबाट १०० औं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।