‘तिमी तेस्रो विश्वयुद्ध निम्त्याउँदै छौं’

10

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् । ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने,‘ तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं ।’ वार्तामा युक्रेन र अमेरिकाबीचको प्रस्तावित खनिज सम्झौता समेत असफल भएपछि ट्रम्प जंगिएका थिए । त्यसपछि उनीहरुबीच चर्काचर्की नै परेको थियो ।

ट्रम्पले जेलेन्नस्कीलाई शान्तिका लागि तयार भएर मात्रै अर्को वार्तामा आउन भनेका थिए । ट्रम्प चर्को रुपमा प्रस्तुत भएपछि जेलेन्नस्की निर्धारित समयअघि नै हिंडेका छन् । यो बैठकमा युक्रेनसँग अमेरिकाले गर्न लागेको खनिज स्रोतसम्बन्धी सम्झौता मुख्य एजेन्डा रहेको थियो । ट्रम्पले यो सम्झौतालाई युद्धविरामका लागि पहिलो सर्तका रुपमा लिएका थिए । तर, उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भएको कूटनीतिक दबाबका कारण वार्ता तनावपूर्ण बनेको बताइएको छ । यस घटनाले अमेरिका-युक्रेन सम्बन्ध थप जटिल बनाएको छ । र, युक्रेनलाई अमेरिकी सैन्य सहायताको निरन्तरता पनि अन्योल भएको छ ।