५९ वर्षमा अस्ताए विदुर सापकोटा, मण्डनदेउपुरमा आज शोक बिदा

189

काभ्रेपलाञ्चोक । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् । पार्टी विभाजन हुनुअघि उनले लामो समयसम्म नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए । सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले आज शोक बिदा दिएको छ ।