यौनस्वास्थ्य । यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा केहि तथ्य, यथार्थ र भ्रम यहाँ प्रस्तुत गरिएको छ ।
यी हुन् फाइदा :
बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सक्नुहुन्छ ।
बिहानीपख यौन सम्बन्ध राख्दा तपाई विभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।
बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ ।
तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ
अनुसन्धानका अनुसार बिहानको साढे ७ बजे यौनसम्बन्धका लागि एकदमै उचित समय हो ।
दिउँसोभरी स्फूर्तिका साथ काम गर्न जाँगर लाग्ने गर्छ । पूनश्च इटालीमा गरिएको यस्तो अनुसन्धानले यतिबेला सेक्स गर्दा सन्तानको इच्छा राखेका जोडीलाई समेत निकै फाइदाजनक हुने बताएको छ ।
शारिरीक सम्बन्धबाट नै निको हुने केहि रोग :
मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।
नियमित सेक्स गर्दा के के फाइदा हुन्छः
१. टाउको दुख्नेः
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।
२. ब्लड प्रेशरः
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।
३. प्रोस्टेट क्यान्सरः
नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।
४. मोटोपन
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।
५. हृदयघातबाट कम खतराः
नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् । एजेन्सी
कति समय हुन्छ चरम सुख
यौन सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ मलाई मज्जा नै नआई उसलाई पुग्यो । विभिन्न सञ्चार माध्यममा राखिएका यौन सम्बन्धि कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको हुन्छ । यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ । तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौन समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौन सम्बन्धमा १२ मिनेटसम्म टिक्छन् ्र सेक्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४३२ जोडी संलग्न थिए जसले २ हजारभन्दा बढी समय यौन सम्पर्क राखेका थिए । उनीहरुसँग उनीहरुको यौन जीवनको बारेमा सोध्दा एक अचम्मको तथ्य फेला परेको थियो । -एजेन्सीको सहयोगमा